शुक्रबार, फागुन २९, २०८२

सम्पन्न भयो ११ औं राष्ट्रिय पोशाक दिवस (तस्वीर सहित)

मेरोन्यूज २०८० पुष १७ गते ८:३७

काठमाडौँ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा ११ औं राष्ट्रिय पोशाक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ललितपुर स्थित पाटन दरवार परिसरमा आयोजित उक्त कार्यक्रमलाई युवा अभियान्ता राजन कोईरालाले संचालन गरेका थिए । कार्यक्रममा संस्थाले उपस्थित सबैलाई अतिथिको रुपमा समाबेश गर्दै आईरहेकाले विशेष अतिथि , प्रमुख अतिथि भनेर आसन ग्रहण गराउने प्रथालाई भने मान्यता दिएको छैन ।

विभिन्न सांस्कृतिक प्रस्तुति सहित प्रारम्भ भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका महासचिव श्याम बजगाईले आफुहरु बिगत १० बर्षदेखी राष्ट्रको स्वाभिमानका निम्ति लागिपरिरहदा पनि राज्यले राष्ट्रिय पोशाक दिवसलाई मान्यता नदिएको भन्दै आफ्नो गुनासो पोक्दै आगामी बर्षबाट यो अभियानमा राज्यजो साथ , सहयोग र सद्भाव हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

यसैगरी संस्थाका अध्यक्ष राजानन्द माण्डव्य ले पोशाक दिवसको शुभकामना दिदै राज्य स्तर र कार्यक्रम आयोजना हुने स्थानका स्थानीय तहले समेत साथ सहयोग नदिदा राष्ट्रिय पोशाक दिवस मनाउन निकै गाह्रो भईरहेको बताए । संस्थामा रहेका अभियान्ताहरुबाट नै सड्ढलन गरि कार्यक्रम गरिरहेको र यसलाई अझै निरन्तरता दिन सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्दै उनले अपिल समेत गरेका थिए ।

संस्थाले २०७० पुष १७ गतेबाट हरेक बर्ष राष्ट्रिय पोशाक दिवस र २०७५ साल पुष १ गतेबाट हरेक बर्ष राष्ट्रिय झण्डा दिवसको कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

आयोजक राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले गत २०७८ सालदेखी हरेक राष्ट्रिय पोशाक दिवसको अवसरमा देशको सम्पदा , संस्कृति , धरोहर र ईतिहास मा योगदान दिनुहुने ब्याक्तित्वहरुलाई राष्ट्रिय धरोहर सम्मान समेत गर्दैआईरहेको छ ।

जसअन्तर्गत तेस्रो राष्ट्रिय धरोहर सम्मान २०८० द्वारा २०५३ सालका मदन पुरस्कार बिजेता प्रा.डा दयाराम श्रेष्ठ सम्मानित भएका थिए भने राष्ट्रिय धरोहर युवा प्रोत्साहन पुरस्कार गायिका तथा सारंगीवादिका वर्त गन्धर्वलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया