बुधबार, वैशाख २३, २०८३

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ओलीले भने- राष्ट्रिय सभामा एमालेलाई ‘जिरो’ नबनाइदिनुहोस्

मेरोन्यूज २०८० पुष १८ गते १८:५५

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् ।

Advertisement
NiccNicc

बुधबार बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई आफ्नो पार्टीलाई शून्य नबनाउन आग्रह गरेको एक नेताले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने कुरा आएको छ, एमालेको ठोस कुरा के हो बुझेर मात्र अघि बढ्नुपर्छ भनेर हामीले भनेका छौं।’ बैठकपछि उनले भने ।

एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहेको उनले बताए ।

बुधबार अपराह्नमा बालुवाटारमा सत्ताघटक चार दलको बैठक बसेको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे करिब दुई घन्टा छलफल भएको थियो । बिहीबार बस्ने गरि गठबन्धनको बैठक सकिएलगत्तै ओली बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया