राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

गण्डकी । नेकपा (एमाले)गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए । अपाङ्गतारअलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया