भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने
मेरोन्यूज
२०८० पुष १९ गते १९:३५

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ ।
काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड (१० अर्ब) सहयोग गर्ने विषयमा सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।
बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए ।
बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।
सम्बन्धित
















पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया