महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

जलेश्वर ९महोत्तरी०। यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।
सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।
प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।
घटनामा तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया