मंगलबार, चैत २४, २०८२

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आइतबार बोलकबोल

मेरोन्यूज २०८० पुष २० गते १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले पुस २३ गते विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ पुस २३ गते हुनेछ।

ऋणपत्रको बोलकबोल आयतबार (पुस २२ गते) दिउँसो २ बजेसम्म हुने बैंकले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।

यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने बैँकले जनाएको छ। ब्याजदर निर्धारण भने बोलकबोलबाट हुने बताइएको छ।

ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया