रामेछापमा चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

मन्थली (रामेछाप) । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए। विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो ।
“विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन, अहिले पोसाकमा एकरुपता आएको छ”, उनले भने । प्रध्यानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक÷एक थान ऊनीको टोपी उपलब्ध गराएका छन् ।
सो असरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उहाहरुको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया