चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा यहि पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ ।
विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६÷६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए ।
पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् । त्यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन् ।
प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने छ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एक जना खेलाडी मात्र सहभागी हुने छन् । जस अनुसार एक प्रदेशबाट एक तौलसमूहमा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी सहभागी हुने छन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहने छन् ।
प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, द्वितीय, तृतीय, बेष्ट फाईटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको ब्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।
प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकका अनुसार सहभागी खेलाडीको विमा पनि गरिएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पालगायतको उपस्थिति थियो ।















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया