मण्डला नाटक घरमा ‘पगला घोडा’

काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ ।
निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताए । “यसले केही हदसम्म निराशा हटाएर सकारात्मकता बढाउँछ भन्नेमा विश्वस्त छौँ”, निर्देशक श्रेष्ठले भने ।
यही पुस १२ गतेदेखि सुरु भएको मञ्चन आगामी माघ ६ गतेसम्म हुने नाटक भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारले लेखेको कथामा आधारित छ । उक्त नाटकलाई नेपालीमा भाषामा शिव खाँड ठकुरीले अनुवाद गरेका हुन् । सन् १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित रहेका सरकारको नाटकलाई अनुवाद सुपरिवेक्षण नाट्यकर्मी अशान्त शर्माले गरेका छन् ।
यसमा कलाकार प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीसँगै चलचित्रकी अभिनेत्री मलिका महतले अभिनय गर्दै छिन् । अभिनेता अग्रहरिले आफ्नो भूमिकालाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया