मण्डला नाटक घरमा ‘पगला घोडा’

काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ ।
निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताए । “यसले केही हदसम्म निराशा हटाएर सकारात्मकता बढाउँछ भन्नेमा विश्वस्त छौँ”, निर्देशक श्रेष्ठले भने ।
यही पुस १२ गतेदेखि सुरु भएको मञ्चन आगामी माघ ६ गतेसम्म हुने नाटक भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारले लेखेको कथामा आधारित छ । उक्त नाटकलाई नेपालीमा भाषामा शिव खाँड ठकुरीले अनुवाद गरेका हुन् । सन् १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित रहेका सरकारको नाटकलाई अनुवाद सुपरिवेक्षण नाट्यकर्मी अशान्त शर्माले गरेका छन् ।
यसमा कलाकार प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीसँगै चलचित्रकी अभिनेत्री मलिका महतले अभिनय गर्दै छिन् । अभिनेता अग्रहरिले आफ्नो भूमिकालाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया