खोटाङमा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता

खोटाङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरे ।
नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर विसं २०८३ पुस मसान्तसम्म तीन वर्ष सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ ।
यसैबीच कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउण्डेसनको ५० प्रतिशत लगानीबाट खरिद गरिएको वाद्यवादनका सामग्री स्थानीय साइनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार उपलव्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किबोर्ड एक–एकवटा हस्तान्तरण गरिएको हो । फाउण्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीनवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन–तीन वर्ष सञ्चालन हुने जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढीमा एक हजार एक सय ८३ अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया