केकमा गाँजा मिसाएर बेच्ने युवक पक्राउ
मेरोन्यूज
२०८० पुष २२ गते १६:०६

काठमाडौं । केकमा लागुऔषध गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको पाइएको छ ।
गाँजा राखेको केक अनलाइनमार्फत ग्राहकले मागेको ठाउँसम्म पुर्याइने गरेको हो । उक्त कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९, घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । गत शुक्रबार उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
उनले इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग गरी केकमा गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उनले लागुऔषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको छ ।
मानन्धरको घरबाट प्रहरीले करिब २०० ग्राम गाँजा र डिजिटल तराजु समेत बरामद गरेको छ ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया