बरहथवा घटना : मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति
मेरोन्यूज
२०८० पुष २२ गते १९:२१

जनकपुरधाम। सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति भएको छ । मृतक पक्ष र प्रशासनबीच आइतबार ११ बुँदे सहमति भएको हो ।
आज भएकाे छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
याेसँगै आन्दोलनरत पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
गत शुक्रबार प्रहरीकाे गाेली लागेर जयशंकर साहको मृत्यु भएकाे थियाे । त्यसयता मृतक पक्षले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
सहमतिसँगै मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।

सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया