मंगलबार, चैत २४, २०८२

सुट्मालाका सीईओ कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित

मेरोन्यूज २०८० पुष २३ गते ११:५८

काठमाडौ“ । बागबजारस्थित सुट्मालाका सीईओ राज कार्की राष्ट्रिय युवा उद्यमी २०८० बाट सम्मानित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्कीलाई अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८० बाट सम्मानित भएका हुन् ।

नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

सम्मानित सीईओ कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् । विभिन्न सामाजिक सेवाका काममा योगदान दिँदै आएका कार्कीले यसअघि पनि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन् । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया