मंगलबार, वैशाख २२, २०८३

गण्डकीमा राप्रपाले पनि दर्ता गर्‍याे उम्मेदवारी

मेरोन्यूज २०८० पुष २३ गते १५:००

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ ।

Advertisement
NiccNicc

राप्रपाले नेता रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको हो। उनीहरू दुबै जनाको प्रस्तावक पञ्चराम गुरूङ र समर्थक विन्दु अधिकारी पहाडी छन्।

गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।

अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् । पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया