शनिबार, चैत २८, २०८२

मेनुकाले गीत गाउँदा गाउँदै लिरिक्स बिर्सिएपछि…

मेरोन्यूज २०८० पुष २३ गते १६:११

काठमाडौं । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले अहिले चौतर्फीबाट प्रशंसा बटुलिरहेकी छन् । उनको गायनमा जजदेखि सेलिब्रेटीसम्म मन्द्रमुग्ध छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइडलको गत आइतबार रातिको एपिसोडमा भने पौडेल ‘बटम चार’मा परिन्। तर आउट हुनबाट भने जोगिइन्।

हिजोको प्रस्तुतीमा मेनुका ‘तेरा साया साथ होगा’ बोलको गीत गाइरहेकी थिइन् । लिरिक्स बिर्सिएपछि उनी समस्यामा परिन् ।

जति प्रयास गर्दा पनि मेनुकाले अगाडि गाउन सकिनन् । त्यसपछि उनले जजसामु यसबारे जानकारी दिइन् ।

उनले आफ्नो मुटुको चाल (हार्ट बिट) बढेको भन्दै पानी मागिन्। त्यसपछि उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे। स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे।

जाँचपछि डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिए। अनि मेनुकाले सहज हुँदै गीत पुरा गरेकी थिइन्।

प्रतिक्रिया