लुम्बिनीका दुई सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८० पुष २३ गते १७:२९

दाङ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशका दुई सिटमा ७ जनाको उम्मेदवारी परेको छ ।
एक महिला कोटामा तीनजना र एक अन्य कोटामा चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।
महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
त्यसैगरी अन्यतर्फ एमालेका झविन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादी केन्द्रका झक्कु सुवेदी, राप्रपाबाट नीरञ्जनकुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका सांसद अनिता देवकोटा र कुमार दशौंदीको कार्यकाल सकिन लागेपछि निर्वाचन हुन लागेको हो ।
सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया