कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्दै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उनले उल्लेख गरे ।
झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको मंगलबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराउदै उनले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताए । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए ।









लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया