एमालेमाथि सबैतिरबाट प्रहार भइरहेकाे छ : महासचिव पोखरेल

गुल्मी। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।
एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए। महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए । महासचिव पोखरेलले एमालेमाथि यतिबेला सबैले प्रहार र निशाना बनाउन थालेको आरोप लगाए ।
पार्टी प्रशिक्षण कार्यक्रममा उनले प्रशिक्षण राजनीतिक र सैद्धान्तिक विषयमा मात्र नभइ अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफूलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिक तलतिर झर्ने क्रम बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, रचना खड्का, दिनेश पन्थी, नेता राजेन्द्र अर्याललगायतका नेताको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिए ।
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया