सुदूरपश्चिममा भुवा पर्व सुरु, आज प्रदेशभरी सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व आज (बिहीबार)देखि सुरु भएको छ। दशैं तथा तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा भुवा मनाइन्छ।
महाभारतका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ। भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भइ ३ देखि ५ दिनसम्म मनाइने गरिन्छ।
आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। भुवा पर्व सुदूरपश्चिमका सबै पहाडी जिल्लामा मनाइन्छ। बजाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले यो पर्व विशेष रुपले मनाउँछन्। पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको हो।
भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ। भुवा वर्पको अवसरमा सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ।
भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।
सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन्।













बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया