मेषलाई अप्रत्याशित लाभ हुने, अन्य राशिकाे आज कस्ताे छ दिन ?

आज २०८० साल पुष २७ गते शुक्रवार । पुष शुक्ल प्रतिपदा । पञ्चाङ्ग : हर्षण बव उत्तरषाढा। जनवरी १२ तारिख २०२४
मेष : अप्रत्याशित लाभको सम्भावना छ । परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध बन्नेछ ।
वृष : कार्यभार बढ्नाले आर्थिक लाभ हुन सक्छ। सानातिना दुखाइ र पीडा सम्भव छ । बौद्धिक खोज र सिकाइले सन्तुष्टि ल्याउँने छ ।
मिथुन : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।
कर्कट : रचनात्मक कार्यले सन्तुष्टि ल्याउँने छ । परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध बन्ला । आवेगपूर्ण खर्चबाट बच्नुहोस् ।
सिंह : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।
कन्या : आफन्तको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ ।
तुला : अप्रत्याशित खर्चको सम्भावना छ । महत्त्वपूर्ण निर्णयका लागि मध्यान्ह अनुकूल छ । शारीरिक गतिविधिमा ध्यान दिनुहोला ।
वृश्चिक : कार्यभार बढ्नाले थकित महशुस हुन सक्छ । स्वास्थ्य चिन्ताबाट बच्न स्वस्थ जीवनशैली कायम गर्नुहाेला। बौद्धिक खोज र सिकाइले मनमा सन्तुष्टि ल्याउने छ ।
धनु : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ।
मकर : रचनात्मक कार्यले सन्तुष्टि ल्याउँनेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध रहनेछ ।
कुम्भ : कार्यभार बढ्नाले आर्थिक लाभ हुन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । शिक्षामा पनि अवरोध आउनसक्छ।
मीन : अप्रत्याशित खर्च हुन सक्छ । विद्यमान सम्बन्धहरू समझ र विश्वासको साथ गहिरो हुनेछन् । प्रियजनहरूसँग समय बिताउँदा आनन्द मिल्नेछ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया