अन्जलीलाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो ।
अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि ३ तीन पदक जित्न सफल भएकी थिइन् । अन्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन् ।
पूर्व मन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद् केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले अन्जलीलाई नगद १० हजार १ रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको कार्यक्रममा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी नगरपालिका वडा १४ र १५ का क्रमशः ९७ वर्षीयाँ धनमाया महर्जन र ९४ वर्षीयाँ भगवती खत्रीलाई पनि समान १० हजार १ रुपैयाँ नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।
प्रमुख अतिथि भद्रकुमारी घलेले स्व। कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेर आमाप्रति उच्च सम्मान प्रकट गरेको धारणा व्यक्त गरिन् ।
संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने महानुभावहरुलाई आफ्नो संस्था मार्फत सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया