एनिमलको सफलतापछि रणवीरले डबल गरे पारिश्रमिक

काठमाठौं । रणवीर कपूर अभिनित फिल्म एनिमलले बक्स अफिसमा कीर्तिमानी कमाई गरेको थियो । अहिले यो फिल्मको सफलतापछि रणवीरले आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड रुपैयाँ पुर्याएका छन् । तर, यसबारे अभिनेताको तर्फबाट भने अहिलेसम्म पुष्टि भएको छैन ।
रणबीरको परिवारलाई पनि उनको पारिश्रमिकको विवरण थाहा छैन । रणवीरका नजिकका एक व्यक्तिका अनुसार उनकी श्रीमती आलिया र उनकी आमा नीतु कपूरलाई पनि थाहा छैन कि रणवीरले एनिमल पछिको अर्को प्रोजेक्टका लागि कति पारिश्रमिक लिइरहेका छन् ।
रिपोर्टमा विश्वास गर्ने हो भने हरेक कलाकारले आफ्नो फिल्मको सफलतापछि आफ्नो पारिश्रमिक बढाउँछन् । यसअघि सन्नी देओलले ‘गदर २’पछि आफ्नो पारिश्रमिक पनि बढाएका थिए । फिल्म रिलिज हुनुअघि कलाकारले ८ करोड मात्रै लिने गरेका थिए । अहिले कलाकारहरुले प्रति फिल्म ५० करोड भारु लिएको चर्चा छ ।
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया