सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’

फिक्कल (इलाम)। इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो ।
उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए। कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैङ्क खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ ।
विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा कक्षा एकदेखि छसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैङ्क र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैङ्क लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।
“हामीले दुईवटा बैङ्कसँग सम्झौता गरेका छौँ । ती बैङ्कले सबै विद्यार्थीको खाता शून्य ब्यालेन्समा खोलिदिनाका साथै रु एक सय जम्मा गरिदिन्छ,” नगरप्रमुख राईले भने, “विद्यार्थीहरुले त्यो खातामा प्रत्येक दिन न्यूनतम रु पाँच जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ट जम्मा गरिदिन्छ ।”
कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैङ्क खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैङ्क खाता खोलिसकेको युवा, खेलकँद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।
उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।










ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया