मंगलबार, चैत २४, २०८२

आजबाट ‘एनआईबिएल स्टेवल फण्ड’को इकाई बिक्रीमा, वार्षिक १६ प्रतिशतभन्दा धेरै प्रतिफल

मेरोन्यूज २०८० माघ २ गते १३:४५

एनआइएमबि एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं सामुहिक लगानी कोष योजना “एनआईबिएल स्टेवल फण्ड” को इकाई बिक्री खुला गरेको छ ।  यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ ।  यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

यस योजना संचालन गर्ने  नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २१ गते अनुमति दिएको थियो  । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ ।

योजनाको सार्वजनिक निष्काशन माघ २ गतेदेखि छिटोमा माघ ५ सम्म र ढिलोमा माघ १६ गतेसम्म रहने छ। इच्छुक लगानीकर्ताहरुले ( व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सक्ने छन्। लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्ने छन्।  

“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेकोमा “एनआईबिएल समृद्धि फण्ड – १” आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको छ।  हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड एनआईबिएल समृद्धि फण्ड – २ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ । 

प्रतिक्रिया