सोमबार, वैशाख २१, २०८३

मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ : मन्त्रालय

मेरोन्यूज २०८० माघ ३ गते ८:२२

काठमाडाैँ । खानेपानी मन्त्रालयले मेलम्चीकाे खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको बताएको छ।

Advertisement
NiccNicc

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो। 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।,‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ। पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ,’।

गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारबाट मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका थिए। 

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ। खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई  आग्रह  गरेको छ। 

हेर्नुहोस् खानेपानी मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया