आइतबार, माघ १८, २०८२

धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु

मेरोन्यूज २०८० माघ ३ गते ८:४७

धनगढी । धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको घरको छतबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

 माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया