आइतबार, फागुन १०, २०८२

सेनाद्वारा ऐतिहासिक मालागढी क्षेत्रको सरसफाइ

मेरोन्यूज २०८० माघ ३ गते ११:३२

रसुवा । नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढीको क्षेत्रको सरसफाइ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झण्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन् ।

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् । मालागढीमा सशस्त्र प्रहरीको विओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिस समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।

प्रतिक्रिया