त्रिवेणीमा हिउँदे नगरसभाबाट ६ वटा कार्यविधि पारित

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट छ वटा कार्यविधि पारित भएका छन् ।
नगरसभामा पेस भएका छ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य गणेश साउदले बताए ।
सदस्य साउदका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवद्र्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि सभाले पारित गरेको छ ।
नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०, रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएका छन् ।
नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेकाे आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ ।
‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया