आइतबार, वैशाख २०, २०८३

भवन उद्घाटन विवादले गोदावरी नगरपालिका एमालेद्वारा घेराउ

मेरोन्यूज २०८० माघ ४ गते ११:३३

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि कार्यालय घेराउ भएको छ।

Advertisement
NiccNicc

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीवार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो।

प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै नेकपा एमाले विरोधमा उत्रिएको छ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिंदै नगरपालिका कार्यालय घेराउ गरेको हो ।

त्यहाँ लफडा हुनसक्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताए ।

उनकाअनुसार एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् ।

प्रतिक्रिया