बुधबार, मंसिर १७, २०८२

यस्तो छ आज दिनभरको मौसम

मेरोन्यूज २०८० माघ ६ गते ६:३६

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लगेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया