बिहीबार, वैशाख २४, २०८३

पोखरामा स्कूल बसले ठक्कर दिँदा सोही स्कुलका ३ वर्षीय बालकको मृत्यु

मेरोन्यूज २०८० माघ ६ गते ९:२१

पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

Advertisement
NiccNicc

पोखरा महानगरपालिका २४ मा रहेको प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत तीन वर्षीय समीर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शुक्रबार दिउँसो कास्कीकोटको काउलेमा बसबाट ओर्लिएका बालकलाई आफू चढेरै आएको ग १ क ४०८२ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका समीरको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया