म्युजिक भिडियोमा ‘हाम्रो चुमभ्याली’

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यका अनुपम प्राकृतिक सौन्र्दयता र मनोरम दृष्यले भरिपूर्ण क्षेत्र हो ।
साविकको छेकम्पार र चुम्चेत गाविस समेटिएको सुन्दर र शान्त हिमशङ्खलाका काँखमा रहेको चुम उपत्यकाको सौन्र्दयतालाई शब्दमा बयान गर्न कठिन हुन्छ । अपार प्राकृतिक स्रोत र साधनको धनी चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
यिनै चुम उपत्यकाको प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्त्वलाई श्रव्य–दृश्यमार्फत विश्वसामु पु¥याउने उद्देश्यले भर्खरै ‘हाम्रो चुमभ्याली’ चिनारी नामक म्युजिक भिडियो निर्माण भएको छ । स्थानीयवासीसमेत रहेका छाङ दोर्जे लामाको शब्द सङ्गीतमा रहेको ‘हाम्रो चुमभ्याली’ मा चुम उपत्यकालाई श्रृव्य र दृष्यमा समेटिएको छ ।
चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवासमेत साझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, सांस्कृतिक विविधता एवं विविध पक्ष गीत तथा म्युजिक भिडियोमार्फत उजागर गरिएको गीतका सर्जक छाङ दोर्जे लामाले बताए ।
“चुम उपत्यकामा रहेका विभिन्न हिम चुचुरा, प्राकृतिक सम्पदा, यहाँका परम्परागत मौलिक वेशभूषा, पहिरन, स्थानीय जीव जनावर जैविक विविधतालाई यो गीत र म्युजिक भिडियोमार्फत उजागर गरिएको छ”, उनले भने, “यसैको माध्यमबाट चुम उपत्यकाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चुमभ्यालीको ठाउँ विशेष चिनारी स्वरुपको गीत र म्युजिक भिडियोले समग्र चुमभ्याली क्षेत्रको कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा समेत भूमिका खेलेको लामाको भनाइ छ । उनले ‘हाम्रो चुमभ्याली’ को म्युजिक भिडियो हेरेर चुम उपत्यकाको सौन्र्दयतामा पर्यटकलाई लोभ्याउन सकिने बताए ।
“सिर्जनात्मक ढङ्गले चुम उपत्यका विशेषता र चिनारीलाई प्रचारप्रसार गर्ने सबैभन्दा सरल माध्यम नै श्रव्यदृश्य माध्यम भएकाले पनि हामीले गीतसङ्गीतको माध्यमबाट चुम उपत्यकालाई चिनाउने प्रयास गरेका छौँ”, लामाले भने, “स्थानीय कलाकारको सहभागिता र वेशभूषाले म्युजिक भिडियो हेर्ने दर्शकका लागि एक पटक आफैँ चुम भ्याली पुगेको अनुभूतिसमेत यस भिडियोबाट पाउने छन् ।”
गीतको शब्द चयन र ब्याख्याले समग्र चुम उपत्यकको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो । चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाँढ्ने, डढेलो लगाउनसमेत पाइँदैन ।
अहिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटक हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसँगको सामिप्यतामा रमाउने अवसरसमेत प्राप्त गर्दछन् । त्यसैले चुम उपत्यकालाई खुला चिडियाखानाको रुपमा समेत लिइन्छ । यो दृष्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।
चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सांस्कृतिको महत्त्व अलग्गै रहेको छ । चुम उपत्यका गुम्बा, राचेन आनी गुम्बालगायत अन्य गुम्बाका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल, बौद्ध हिमाल र शृङ्गी हिमालको दृष्यावलोकनका लागिसमेत उपयुक्त क्षेत्र हो ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया