पालिकाद्वारा पेट्रोलियम सवारी विद्युतीयमा रूपान्तरण

इटहरी । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।
“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भने, “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिको सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ ।” सो कम्पनीका सञ्चालक ई आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताए ।
सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताए । इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याव समेत स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याव स्थापना गरिएको नगर प्रमुख पौडेलले उल्लेख गरे ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
मौसम पूर्वानुमान: कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया