एनआरएनएको आयोजनामा दक्षिण कोरियामा ‘स्पोट्स ग्लोबल टुरिजम’ गोष्ठी आयोजना हुँदै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा दक्षिण कोरियालमा स्पोट्स ग्लोबल टुरिजम सम्बन्धी गोष्ठी आयोजना हुने भएको छ ।
राजधानी सउलमा आउँदो फेब्रअरी ६ मा ग्लोबल एनआरएनए (आईसीसी) र नेपाली राजदूतावास दक्षिण कोरिया, हानयाङ्ग युनिभर्सिटी, र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त गोष्ठीको आयोजना हुन लागेको हो ।
गोष्ठीको सहआयोजकमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया तथा एनईएसपिओ रहेका छन् ।
मुख्य आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरका अनुसार ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्न एक गतिशील प्लेटफर्म स्थापित गर्ने गोष्ठीको उद्देश्य रहेको छ ।
्गोष्टीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा। ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्सेलगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद का (संरक्षण) शेष घलेसहित कोरियाका विभिन्न विश्व विद्यालयका विज्ञहरु उपस्थित हुने अध्यक्ष कुँवरले जानकारी दिए ।
कार्यक्रम विशेषगरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने, खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूहरूको अनुभवबाट धेरै कुरा जान्न सकिने बताइएको छ । त्यस्तै, कार्यक्रमबाट नेपालको हित र विकासमा टेवा पुग्ने विश्वास लिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुँवरले जानकारी दिए ।
नेपालको राष्ट्रिय विकासका सम्भावनाहरूलाई बढाउन टेवा पुग्ने विश्वास राखेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको अध्यक्ष कुँवरले बताए । कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रोत्साहन गर्न ठूलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया