एनआरएनएको आयोजनामा दक्षिण कोरियामा ‘स्पोट्स ग्लोबल टुरिजम’ गोष्ठी आयोजना हुँदै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा दक्षिण कोरियालमा स्पोट्स ग्लोबल टुरिजम सम्बन्धी गोष्ठी आयोजना हुने भएको छ ।
राजधानी सउलमा आउँदो फेब्रअरी ६ मा ग्लोबल एनआरएनए (आईसीसी) र नेपाली राजदूतावास दक्षिण कोरिया, हानयाङ्ग युनिभर्सिटी, र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त गोष्ठीको आयोजना हुन लागेको हो ।
गोष्ठीको सहआयोजकमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया तथा एनईएसपिओ रहेका छन् ।
मुख्य आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरका अनुसार ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्न एक गतिशील प्लेटफर्म स्थापित गर्ने गोष्ठीको उद्देश्य रहेको छ ।
्गोष्टीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा। ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्सेलगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद का (संरक्षण) शेष घलेसहित कोरियाका विभिन्न विश्व विद्यालयका विज्ञहरु उपस्थित हुने अध्यक्ष कुँवरले जानकारी दिए ।
कार्यक्रम विशेषगरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने, खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूहरूको अनुभवबाट धेरै कुरा जान्न सकिने बताइएको छ । त्यस्तै, कार्यक्रमबाट नेपालको हित र विकासमा टेवा पुग्ने विश्वास लिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुँवरले जानकारी दिए ।
नेपालको राष्ट्रिय विकासका सम्भावनाहरूलाई बढाउन टेवा पुग्ने विश्वास राखेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको अध्यक्ष कुँवरले बताए । कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रोत्साहन गर्न ठूलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
















एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की
Samar polling station in Mustang has just 36 voters
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया