खाली पेटमा केही दिन खानुहोस् ल्वाङको पानी, यस्ता छन् चमत्कारी फाईदा !

हरेक घरको भान्सामा प्रयोग गरिने एक महत्वपूर्ण मसला ल्वाङ हो । यो खाना पकाउँदा स्वाद बढाउन प्रयोग गरिन्छ ।
तर स्वस्थ जीवनशैलीका लागि ल्वाङको प्रयोग पनि निकै लोकप्रिय मानिन्छ । ल्वाङको पानी सेवन गरेको धेरैलाई तपाईंले देख्नु भएको होला ।
आवश्यक पोषक तत्व र भिटामिन ई, सी, फोलेट, राइबोफ्लेभिन र ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण ल्वाङको पानी पिउनुका फाइदा के के छन् भन्ने पनि थाहा पाउनेछौँ ।
चिसो मौसममा अधिकत्म मानिसलाई रुघाखोकी र ज्वरो आउने गर्छ त्यस बेला एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने गरेमा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पु¥याउँने काम गर्छ ।
पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ । मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।
टाउको दुखे ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ । गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।
दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ । पेटमा ग्यासको समस्या भए एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।
सास गन्हाउने समस्या भएमा दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।
कहिलेकाहीँ किराको टोकाइले पनि गम्भीर समस्या निम्त्याउन सक्छ। यसबाट बच्न शरीरको खुला भागमा ल्वाङको तेल लगाउनुहोस्। लौंगमा पाइने युजेनोल नामक रासायनिक यौगिकमा एन्टिसेप्टिक र एनेस्थेटिक गुण हुन्छ। यद्यपि, यो प्रयोग गर्नु अघि डाक्टरसँग परामर्श गर्न निश्चित हुनुहोस् किनकि युजेनोल केही मानिसहरूलाई अतिसंवेदनशील हुन सक्छ।









मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
सन्तान गुमाउँदाको असह्य पीडा भोगिरहेकी लक्ष्मी, भन्छिन्- छोराको सरकारी जागिर खाने सपना थियाे (भिडियाेसहित)
पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी संकटमा
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया