शनिबार, माघ १७, २०८२

भिजिट भिसासम्बन्धी पुरानाे निर्देशिका खारेज, नयाँ व्यवस्था जारी (पूर्णपाठ)

मेरोन्यूज २०८० माघ ९ गते १५:२५

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेमाथि कडाइ गर्ने नाममा ल्याएको १७बुँदे निर्देशिकालाई खारेज गरेको छ।

उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको छ ।

नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।

२०७८ फागुन २६ गतेको सचिवस्तरीय निर्णयबाट १७ बुँदे निर्देशन लागू गरिएको थियो।

उक्त निर्देशिकाको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि नयाँ निर्देशिका ल्याइएको हो ।

केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि १७बुँदे निर्देशन खारेज गरी नयाँ ल्याउन दिएका थिए।

प्रतिक्रिया