शनिबार, फागुन ९, २०८२

१६औँ आवधिक योजनाबारे उपप्रधानमन्त्री खड्का र आयोगका पदाधिकारीबीच छलफल

मेरोन्यूज २०८० माघ ९ गते १७:३१

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीसँग छलफल गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री खड्काले छलफल गर्ेको उनको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् तिनको समस्या पत्ता लगाइ समाधानका उपायसहित १६औँ योजनाका तर्जुमा गर्न सुझाव दिए । उनले आवधिक योजनामा प्रदेशका समस्या, विकास निर्माणमा प्रदेशपछि पर्नुको कारण पनि पहिल्याउन सुझाव दिएका छन् । उनले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउनुपर्नेमा जोड दिए ।

“योजना तर्जुमा गर्दा मुलुकको भूगोल र पर्यावरणलाई ध्यान दिनु जरुरी हुन्छ, कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता हुने विषयलाई प्राथमिकतामा राख्नुहोला”, उनले भने ।

विकास निर्माणका क्रममा देखा परेका समस्या र तिनको समाधानसहितको कार्ययोजना तर्जुमा आवश्यक रहेको उनको भनाइ थियो । लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानको समस्या सम्बोधन हुने गरी योजना बनाउनुपर्नेमा उनको जोड थियो ।

“कुनै पनि योजना बनाउँदा जनताले दैनिक पमा बेहोरिरहेका समस्या समाधान हुने र जनताले पाउने सेवाप्रवाह थप सहज हुने गरी बनाउनुपर्छ”, उनले भने, “साथै योजना कार्यान्वयन योग्य पनि हुनुपर्छ ।”

उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, सदस्य डा। अनिता शाह ढुङ्गाना, सदस्यसचिव डा। तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया