पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक सम्पर्कविहीन,सम्पर्कमा आउन आग्रह

काठमाडौं । पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक (स्थायी शिक्षक) सम्पर्कविहीन रहेका पाइएको छ ।
बुधबार विश्वविद्यालयले एक सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृति नै नगराइ लामो समयदेखि अनुपस्थित रहेको भन्दै उनीहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।
विश्वविद्यालयका अनुसार उप–प्राध्यापकद्वय डा जय प्रकाश साह र डा निरज चौधरी लामो समयदेखि सम्पर्कविहीन छन्। उप–प्राध्यापक चौधरी २०७६ मंसिर ३० गतेदेखि र साह २०७८ भदौ २६ गतेदेखि अनुपस्थित छन्।
यसअघि पनि विश्वविद्यालयले गत कात्तिक २४ गते स्पष्टीकरणसहित दुवै जनालाई ३५ दिनभित्र सम्पर्क गर्न आउन सूचना प्रकाशित गरेको थियो। सूचना जारी गर्दा समेत हाजिर हुन नआएका उनीहरुलाई बर्खास्त गर्नु अगाडि अन्तिम पटक सम्पर्कमा आउन भन्दै सूचना जारी गरिएको हो।
सूचना जारी भएको १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन नआएमा सेवाबाट बर्खास्त गरिने सूचनामा उल्लेख गरिएको छ।



















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया