बुधबार, वैशाख २३, २०८३

भ्रष्टाचारमा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ

मेरोन्यूज २०८० माघ १० गते १५:५७

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।

त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै निलम्बनमा छन्।

अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रतिक्रिया