चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने
मेरोन्यूज
२०८० माघ ११ गते १२:३२

काठमाडौं। नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।
बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ ।
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल (fdbworkshop2024@gmail.com) मार्फत आवेदन पेस गर्न सकिनेछ ।
कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया