राष्ट्रपतिसँग अष्ट्रेलियाकी राजदूतको शिष्टाचार भेट
मेरोन्यूज
२०८० माघ ११ गते १५:४९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छन् ।
त्यस अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
सम्बन्धित
















रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया