राष्ट्रियसभामा मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
मेरोन्यूज
२०८० माघ ११ गते १६:५२

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् ।
ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी हुन् । यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ । महिला तर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ हो ।
बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।
सम्बन्धित
















रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया