बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम
मेरोन्यूज
२०८० माघ १२ गते १४:५५

काठमाडाैँ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८० समेत स्वीकृत गरेको हो । यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
तीसँगै बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया