प्राविधिक जनशक्ति तयार पार्न पालिकाद्वारा छात्रवृत्ति प्रदान

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्न छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
‘मेरै गाउँमा, मेरै प्राविधिक ’ भन्ने नाराका साथ गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्ने योजनाका अनुसार गत आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो । पहिलो वर्ष गाउँपालिकामा छात्रवृत्तिका लागि ४२ जनाको कोटा निर्धारण गरेकामा प्राविधिक शिक्षा अध्ययनरत २६ जनाले आवेदन दिएर छात्रवृत्ति लिएका छन् ।
गाउँपालिकामा स्थायी रुपमा बसोबास गरी पालिकाभित्रको सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी विभिन्न विद्यालयमा÷शिक्षालयमा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई मासिक रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गर्ने गरेको अध्यक्ष प्रकाश ओझाले बताए । पालिकाले जुनसुकै प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उनले बताए । छात्रवृत्तिमा आबद्ध भएका विद्यार्थीले वार्षिक रुपमा रु ६० हजार छात्रवृत्ति प्राप्त गर्नेछन् ।
जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिकाका रुपमा रहेको बौदीकालीमा शैक्षिक गुणस्तर कमजोर रहेको र त्यसमा पनि प्राविधिक शिक्षा अध्ययन गर्ने न्यून हुने गरेकाले प्रोत्साहनका लागि छात्रवृत्ति प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष ओझाले बताए । गाउँपालिकाले अहिले शिक्षालाई प्राथमिकतामा राखी शिक्षाको गुणस्तर वृद्धिमा काम गरिरहेको समेत अध्यक्ष ओझाले बताए । “गाउँपालिकाबाट थोरैमात्र प्राविधिक शिक्षा पढ्ने विद्यार्थी पाएपछि प्राविधिक जनशक्ति तयार पार्न पालिका लागेको हो”, गाउँपालिका अध्यक्ष ओझाले भने, “हाम्रो लक्ष्य सीपयुक्त जनशक्ति निर्माण गर्ने हो ।”
गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रम समावेश गरेको छ । वार्षिक ४२ जनालाई मासिक रु पाँच हजार छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार यस वर्षका लागि निवेदन माग गरिएको अध्यक्ष ओझाले बताए । गत वर्ष समावेश भएकाबाहेक थप नयाँ ४२ जनाका लागि आवेदन माग गरिएको अध्यक्ष ओझाले बताए । गत वर्ष प्राविधिक शिक्षा अध्ययन सुरु गरेकाले आवेदन दिएर छात्रवृत्ति निरन्तर कायम गराउन सक्ने उनले बताए ।
गाउँपालिकाको छात्रवृत्ति कार्यक्रममा आबद्ध भएका विद्यार्थीले अध्ययनपछि गाउँपालिकाले आवश्यकताअनुसार सेवामा लिनसक्ने अध्यक्ष ओझाले बताए । छात्रवृत्ति लिने समयमा आवश्यक परे पालिकामा सेवा गर्ने स्वघोषणा विद्यार्थीले गर्ने र सोही आधारमा काममा प्रयोग गर्न सकिने उनले बताए । “पहाडी पालिका हो हरेक क्षेत्रमा विकासका काम गर्नुपर्ने छ, त्यसका लागि हामीलाई विभिन्न सीप क्षमता भएका जनशक्ति आवश्यक पर्नसक्छ, हामीले हाम्रै पालिकामा दक्ष सीपयुक्त जनशक्ति तयार पायौँ भने गाउँको विकासमा प्रयोग गर्न सक्छाँै”, अध्यक्ष ओझाले भने, “अन्य क्षेत्रमा सहज रुपमा रोजगार प्राप्त गर्नसक्छन्, त्यसैले प्राविधिक शिक्षालाई जोड दिएर छात्रवृत्ति कार्यक्रम राखेका हौँ ।” छात्रवृत्ति कार्यक्रमले पहाडी क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । शिक्षाका लागि सहर बजार झर्ने क्रम बढ्दा पहाडका विद्यालयमा विद्यार्थी न्यून हुँदै गएकाले गाउँमा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रमले समेत प्रोत्साहन गर्ने अध्यक्ष ओझाले बताए ।
पहाडी क्षेत्रमा पूर्वाधार विकासका काम गर्न जति बाँकी रहेको छ, त्यति नै शिक्षा, स्वास्थ्य, कृषिको व्यावसायिकीकरणसहित सामाजिक विकासमा काम गर्न बाँकी रहेको अध्यक्ष ओझाले बताए । यसका लागि पालिकाले विभिन्न कार्यक्रम अगाडि बढाइरहेको उनले बताए । पहाडी क्षेत्रका विद्यालयमा हालै प्रविधियुक्त सिकाइका लागि विद्यालय छनौट गरी कार्यक्रम अघि बढाएको, कृषि उपजको बजारीकरणका लागि पहिलो पटक हाटबजारको व्यवस्था, दुग्ध सङ्कलन केन्द्र स्थापनालगायत काम गरिएको अध्यक्ष ओझाले बताए ।
















अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया