शुक्रबार, वैशाख १८, २०८३

थप ३ हजार जनालाई शहीद घोषणा गर्दैछौं : प्रधानमन्त्री

मेरोन्यूज २०८० माघ १३ गते १६:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिने बताएका छन् ।

Advertisement
NiccNicc

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको बताएका हुन् ।

‘यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहीँ फेरि क्याविनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ। त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ। त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन।’

प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया