मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताएका छन् ।
मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आजदेखि तुलसीपुरमा सुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उदघाटन गर्दै उहाँले सडकपेटीमा बस्दै आएका व्यक्तिहरुको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री चौधरीले केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बचन दिएको बताए । उनले केही समयअघि हेडौँटामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको बताए।
मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उनले बताए । मुख्यमन्त्री चौधरीले आजको जनसागरले मानव सेवा आश्रमको अभियानमा लाग्न सबैलाई प्रेरणा मिलेको बताए।
प्रदेश सरकारले आश्रमका लागि भवन निर्माणका लागि बजेटको कुनै कमी नहुनेसमेत प्रतिबद्धता व्यक्त गरे । माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया