झापाको एक वडाद्वारा ४ सय विपन्न परिवारलाई खाट वितरण
मेरोन्यूज
२०८० माघ १४ गते ७:४१

बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ ।
शिवसताक्षी–४ ले यहाँका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो । विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए । “वडामा अधिकांश विपन्न समुदायको बसोबास छ”, उनले भने, “घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ ।”
शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए । खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको उनले बताए । वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत सम्ुदायको घना बसोबास छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया