धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० माघ १४ गते १६:००

धादिङ । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएकाक मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया