आइतबार, जेठ ४, २०८२

बलात्कार आराेपमा एकजना पक्राउ

मेरोन्यूज २०८० माघ १४ गते १६:४२

तनहुँ।  ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई  प्रहरीले पक्राउ गरेको छ । 

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया