बुधबार, जेठ ७, २०८२

लुम्बिनीमाथि मधेश प्रदेश ९ रनले विजयी

मेरोन्यूज २०८० माघ १४ गते १७:३९

काठमाडौं । मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुदै १६० रन बनाएको हो ।

यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ४१.३ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।

यो जितपछि मधेश प्रदेश ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । योसहित मधेश प्रदेशका सबै खेल सकिएका छन् र मधेश प्रदेश फाइनल खेल्न भने असफल भएको छ । 

त्यस्तै लुम्बिनी प्रदेशले भने छैटौं हार बेहोरेको छ । ७ खेलमा एक जितसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।
   

प्रतिक्रिया